चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २२:३९:३८
३० जेठ, तनहुँ । तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए ।
जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ । शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ ।
बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि खोर थापिएको हो ।
वनको खोरमा बाख्रा समेतको पासो राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त क्षेत्रमा चितुवाको आङ्तकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उनले बताए ।
डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनःआक्रमण गर्ने सम्भावना रहने हुँदा सर्तकताको लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताए । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार