बजेटपछि शेयरबजार निरन्तर ओरालो, एकै दिन ३६ अंकको गिरावट !
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २२:४३:२३
३१ जेठ, काठमाडौं । बजेटपछि शेयरबजार निरन्तर ओरालो लागेको छ। परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।
१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता शेयर किनेबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।
यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको छ ।
मंगलबार बजार उच्च अंकले घट्दा कारोबारमा आएका मध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार