दुई महिनामा विपद्का घटनामा परी ६५ काे मृत्यु, ५१ करोडभन्दा बढीको आर्थिक क्षति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २२:४७:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/%E0%A4%B5%E0%A4%AA%E0%A4%A6-e1655205189893_OVXkEokdFB.jpg)
३१ जेठ, काठमाडौं । पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् ।
पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो । पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् ।
दुई महिनामा विपद्का घटनाबाट ८९९ परिवार प्रभावित भएका छन् । विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
वैशाख र जेठमा विपद्का घटनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।
सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जंगल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार