जुम्लामा विपद् रोकथामका लागि पूर्वअभ्यास
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २२:५२:१६
३१ जेठ, खलङ्गा । हिमाली जिल्ला जुम्लामा विपद्का घटना घट्ने याम सुरुभएसँगै रोकथामका लागि पूर्वअभ्यास गरिएको छ । यहाँको चन्दननाथ नगरपालिकामा विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ ।
सुरक्षाकर्मीले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकासम्म प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन ।
जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका, १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए ।
सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्नेदेखी नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार