अमेरिकी सम्झौताबाट ब्याक भए देउवा, यसरी खुल्दैछ ओली नबोल्नुको रहस्य
केदार भट्टराई (काका)
असार १, २०७९ बुधबार १८:२४:२५
१ असार, काठमाडौं । प्रतिपक्षी दलको विरोध, सत्ता गठबन्धन दलका नेता र पार्टीका नेताहरुको सुझावलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणका क्रममा गर्ने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नगर्ने पक्षमा पुगेका छन् ।
विगत ८ वर्षदेखि सुरु भएको यो विषय नेकपा नेतृत्वको सरकार रहेका बेला प्रक्रियामा गएको थियो । यसलाई प्रधानमन्त्री देउवाले आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारी गरेको भन्दै सत्ता सहयात्री र विपक्षी दलहरूबाट विरोध आएको थियो ।
देउवालाई पार्टीका शीर्ष नेताहरुले पनि अहिले यस्ता कुनै सम्झौता नगर्न मंगलबार नै सुझाव दिएका थिए । त्यसपछि देउवाले के गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहका दलका शीर्ष नेता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सुझाव लिएका थिए । दुबैतिरबाट अहिले गर्न नमिल्ने सुझाव आएपछि देउवा पछि हटेका हुन् ।
यता, स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेकपा नेतृत्वको सरकार रहेकै समयमा नेपाल प्रवेश गरिसकेको समाचारहरु पनि बाहिरिएका छन् । अमेरिकाको नेशनल गार्डको वेबसाइटले नेपाल सन २०१९ मा प्रवेश गरेको र केही सम्झौताहरु हुन बाँकी रहेको उल्लेख छ । उक्त समयमा हाल चर्को विरोधमा उत्रिएको एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
ईश्वर पोखरेल रक्षामन्त्री भएका बखत स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल प्रवेश गरेको उक्त नेशनल गार्डको वेबसाइटले उल्लेख गरेको छ । यो विषयमा एमालेका नेता तथा तत्कालीन परराष्ट्रमन्त्रीसहितका नेताहरु चर्कोरुपमा कराइरहँदा अध्यक्ष ओली र पोखरेलले भने मुख खोलेका छैनन् । तर,यस विषयमा एकपछि अर्को गर्दै एमाले संलग्न भएका विषयहरु आईरहेका छन् ।
अब तत्कालका लागि प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकाका भ्रमणका क्रममा यो विषय कार्यसूची नराखिने बताइएको छ । भ्रमणबारे संसदमा प्रधानमन्त्री देउवाले यस विषयमा जवाफ पनि दिने बताइएको छ । नेपाललाई हिन्द प्रशान्त रणनीतिमा सहभागी गराएर नेपालको असंलगन्ताको नीति तोड्न खोजिएको र अमेरिकी मन्त्री उज्रा जियाले तिब्बती शरणार्थीलाई भेट्न दिनु देउवा र आरजु राणाको हात रहेको भन्दै विरोध भईरहेको छ ।
सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नहुने बताएको कांग्रेसका एक नेताले बताए । उनले पहिलेकै सरकारले अगाडि बढाएको विषय भएपनि विरोध आएकाले विषयबारे पूर्ण जानकारी नलिई प्रक्रिया अगाडि नबढाउनेमा पक्षमा प्रधानमन्त्री पुगेको बताए ।
सत्ता गठबन्धनका नेताहरुले पनि अब एसपीपीमा सम्झौता नहुनेमा आफूहरू आशावादी भएको बताएका छन् । उनीहरुले गम्भीर विषय भएकाले अहिलेको गठबन्धन सरकारले सम्झौता गर्न उचित थिएन र प्रधामन्त्रीले पनि नगर्ने भनेपछि विवाद गर्नुको औचित्य नरहेको बताएका छन् । नेकपा माओवादीका नेता वर्षमान पुनले भने,‘नेपाल भूराजनीतिक अवस्थाबारे प्रधानमन्त्री आफैं जानकार हुनुहुन्छ । यस विषयमा प्रधानमन्त्रीसँग छलफलबाटै सबै कुरा टुंगोमा हामी पुर्याउछौँ ।’
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार