घण्टाघरको सडक बनाउँदा अख्तियारको चिट्ठी : नगरप्रमुख सिंह
आबिद हुसेन
असार १, २०७९ बुधबार १९:०:५१
१ असार, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्मणवा पार्कलाई मास्टर प्लान अनुसार ज्येष्ठ नागरिकमैत्री बनाउने बताएका छन् ।
ज्येष्ठ नागरिकप्रति दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका अवसरमा मंगलबार पार्कमा आयोजित कार्यक्रमकाबीच उनले आफू पनि अबको १०÷१५ वर्षपछि आउने ठाउँ यही भएकाले दीर्घकालिन सोचका साथ पार्क निर्माण गरिने बताए ।
‘एक पटक निर्माण गरेपछि कम्तिमा पनि ५० देखि सय वर्षसम्म टिकोस, त्यही मास्टरप्लानका साथ ज्येष्ठ नागरिकमैत्री यो पार्क निर्माण गरौँ,’ उनले भने, ‘त्यसका लागि एउटा मास्टरप्लान लिएर आउनुहोस् म काम अघि बढाउन तयार छु ।’
नगरप्रमुख सिंहले बालबालिकालाई सानैबाट उचित संस्कार दिएर हुर्काउन सके मात्रै आफू बृद्धबृद्धाहुँदा छोराछोरीले हेला गर्ने अवस्था नआउने बताए ।
‘बालबच्चाका लागि जसरी समय दिइयो त्यसै गरी बालबालिका हुर्केपछि बुवाआमालाई पनि हेर्ने वातावरण तयार पार्नका लागि बालबालिकालाई सानैबाट उचित संस्कार दिन जरुरी छ ।’ उनले भने ।
अबिभावकले पनि कमाउने सन्तानलाई माया गर्ने तर नकमाउने छोरोलाई हेला गर्ने प्रवृत्ति रहेको हुँदा त्यो वातावरण पनि अबिभावकले गर्न नहुने बताए ।
नगरप्रमुख सिंहले जनहितका लागि काम गर्न खोज्दा पनि अड्चन आउने गरेको बताए । वर्षौँदेखि जीर्ण रहेको वीरगञ्ज घण्टाघर क्षेत्रको सडक आफू आएसँगै आम नागरिकको सहजताका लागि बनाउन खोज्दा विभिन्न खाले अड्चन आउको उनले बताए ।
‘घण्टाघरको सडक बनाउन कानुनभन्दा माथि उठेर काम अघि बढाएको भन्दै उनले भने ‘त्यो मैले व्यक्तिगत स्वार्थको लागि नभई सामाजिक हितका लागि गरेको थिए तर पनि अड्चन आयो । अख्तियारले पत्र नै काटेर बोलाएको छ ।’
सामाजिक हितका लागि काम गर्दा पनि कोही कसैले त्यो सडक किन बनाइस भन्ने गरेको देख्दा आश्चर्य लागेको भन्दै उनले सडक बनाउनु गलत थियो भन्दै प्रश्न गरे ।
‘मैले व्यक्तिगत स्वार्थका लागि कानुन तोडेर अघि बढ्न खोजेको होइन, गलत अर्थ नलागोस् मैले त समाजका लागि, वीरगञ्जवासीका लागि गरेको हुँ, त्यसका लागि जतिपटक अख्तियार धाइराख्न परे पनि धाउन तयार छु ।’
ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदीश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका सहाकय प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, उद्योगी अशोक वैद्य, डा।रामअवतार खण्डेलवाल, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, श्याम पोखरेल लगायतको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार