बाग्लुङकाे बरेङ गाउँमा विद्युत् सुचारू
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १९:२४:३९
१ असार, बलेवा । जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो ।
सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पुर्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच थिचेर विद्युतीस्करणको उद्घाटन गरेका थिए ।
“स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो,” उनले भने, “अब राइसकुकरमा खाना बन्छ, स–साना कलकारखा चलाउन सहज हुन्छ ।” यसअघि स्थानीयवासीले पालुङखोलाबाट लघु जलविद्युते्को विद्युत् उपभोग गर्दै आएका थिए ।
लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युत्को उपयोग गरेका अध्यक्ष थापाले बताए । केन्द्रीय विद्युत् पुगेपछि घरेलु उद्योग कलकारखनालगायत विद्युतीय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफूहरु खुसी भएको स्थानीयवासी रेशम थापाले बताए ।
त्यस्तै वडा नं १ कै छाप, उर्लेनी, जमाने, ठाकुरचौर, गुवाडी र तल्लो गडेलका बस्तीमा तुरुन्तै विद्युत्को पहुँच पुर्याइने पनि अध्यक्ष थापाको भनाइ छ । बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन । आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
“उज्यालो नभएको होइन साना लघुजलविद्युत् आयोजनाहरुको विद्युत् पुगेका गाउँहरुमा पनि केन्द्रीय प्रसारण लाइन पुर्याउने योजनामा छौँ,” उनले भने, “काठका पोल विस्थापन गरेर फलामे पोल राख्ने काम पनि द्रुत गतिमा भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् महसुल नतिर्ने एक हजार तीन सय ग्राहकका लाइन काटिए
माघ १३, २०८१ आइतबार
आयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार