विक्रमको कमाई केमा खर्च गर्दैछन् कमल हासन ?
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १९:३८:३
१ असार, मुम्बई । दक्षिण भारतीय सुपरस्टर कमल हासनले आफूमा अझै पनि अभिनयको क्षमता कायमै छ भन्ने कुरा हालै रिलिज फिल्म ‘विक्रम’को सफलताबाट प्रमाणित गरिसकेका छन् । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ ।
कमल फिल्मको सफलताले खुशी छन् । उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् । फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ । यही विषयमा उनले मुख खोलेका छन् ।
‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु । यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन । अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन । मलाई कुनै विशेष उपनाम पनि चाहिएन । मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन् ।
फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’को सिक्वेल हो । यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए । यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन् । फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार