शेयरबजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता गुम्याे : थापा
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २०:५६:१२
१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शेयरबजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बुधबार सांसद थापाले शेयरबजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए । उनले प्रत्येक दिन लगानीकर्ताहरू बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए ।
विश्वव्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसुचक मान्ने गरिन्छ । बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्रको समुन्नति हुने हुन्छ । तर नेपालको बजार लामो समयदेखि अस्थिर बनेको छ । गत भदौमा उच्चतम विन्दु ९३२ सय अंक नजिकमा पुगेको बजार परिसुचक नेप्से दुई हजार अंकभन्दा तल आउँदा बजारप्रतिको विश्वसनियतामा नकारात्मक असर पर्नुका साथै साना लगानीकर्ताहरूको पुँजी नै सकिएर उठ्नै नसक्ने भएको उनले बताए ।
दुःख गरेर कमाएको सानोतिनो रकम लगानी गरेकाहरू अहिले झुन्डिएर मर्छु भन्ने अवस्थामा पुगेकोतर्फ सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद थापाले अस्थिर नीतिका कारण बजारमा अस्वभाविक उतारचढाव आउन सक्ने अवस्थाको अन्त्य गर्न माग गरे ।
बजारमा सामान्य अवस्थामा हुने उतारचढावलाई लगानीकर्ताले आक्न सक्ने र सोहीअनुसार लगानीको निर्णय गर्नुका साथै जोखिममा पनि सहभागी हुन सक्नुपर्ने उनको भनाइ छ ।
तरलता अभावका कारण बजार घट्ने विषय सामान्य भए पनि पछिल्लो घटनाक्रमका सम्बन्धमा ध्यानाकृष्ट हुनुपर्नेमा उनले जोड दिए । बजारको स्थायित्व र विश्वसनियताका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले गरिरहेका काम कार्वाहीका सम्बन्धमा सदनलाई जानकारी गराउन माग समेत गरेका छन् ।
निजी क्षेत्रका साथै गैरआवासीय नेपालीलाई बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउने बेलामा बजारको विश्वसनियता नै गुम्ने अवस्थामा पुर्याइनु सकारात्मक नभएको उनले बताए । बजारसम्बन्धी नीति दिगो हुनुका साथै अर्थतन्त्रलाई सबल बनाउने किसिमको हुनुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार