बलिउडमा सबैभन्दा बढी अभिनय गर्ने सूचीमा ललिता !
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २१:२२:२२
१ असार, एजेन्सी । बलिउडमा हरेक वर्ष कति नयाँ फिल्म बन्छन् कमैलाई हेक्का हुन्छ । त्यसमध्ये हिट भएका मात्रै दर्शक र सिनेमा लभरहरूले याद गर्छन् । तर, फिल्ममा देखिएका कलाकारहरूले अहिलेसम्म कति वटा फिल्ममा अभिनय गरेका छन् भन्ने धेरै चासो हुन्छ । विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ ।
बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक फिल्ममा अभिनय गरेका छन् । यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको छ । ललितालाई बलिउडको ‘फस्र्ट लेडी’ पनि भनिन्छ । सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब सात सय फिल्ममा अभियन गरिन् ।
सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन् । उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन् । उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन् ।
सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपुरले कैयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनले करिब सात सय फिल्ममा काम गरेका छन् । सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए ।
अभिनेता अनुपम खेरले पाँच सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’बाट भएको थियो । यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
६ दशकदेखि बलिउडमा अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म पाँच सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।
बलिउडमा कैयौं आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन् । उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब चार सय ५० फिल्ममा अभिनय गरे ।
अभिनेता ओम पुरीले पनि तीन सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । अभिनय र उनको स्वरका जो कोही दर्शक फ्यान हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार