तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असार २, २०७९ बिहिबार ११:०:४४
वि.सं.२०७९ साल असार ०२ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन १६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आसार कृष्णपक्ष । तिथि– द्वितीया, दिउँसो १२ बजेर ४७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा, बेलुकी ०४ बजेर ०७ मिनेट उप्रान्त उत्तराषाढ । योग–ब्रम्ह, रातको ०१ बजेर २० मिनेट उप्रान्त ऐन्द्र । करण–गर, दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–धनु, बेलुकी ९ बजेर ४३ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३४ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्ने छ । पढाईलेखाई तथा खोजीमुलक क्षेत्रमा रुची बढ्ने छ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा शरहका मानिसबाट बिशेष सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा नजिक भई रमाउने समय रहेको छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्ने छ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईको आलोचना गर्नेहरु बढ्ने छन् । पुराना समस्याहरु पुनह आईलाग्ने तथा सत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकश्मिक धन तथा सम्पती लाभ हुने भएपनि तपाईकै कारणले टरेर जाने छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाईलेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिने छ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपैँया पैसा कमाउन सकिने छ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिने छ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पती प्राप्तिको योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिने छ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिने छ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिने छ । गाएन तथा संगितको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागी नया नयाँ अवसर आउने छ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गितसंगित तथा मोडलिङमा बिशेष चासो बढ्ने छ । पढाईलेखाईमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने छ, भने आर्थिक क्षेत्र मजभुत रहने छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी:- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । मायाप्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिने छ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- सवारीसाधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउने छ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिने छ । मातापिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिने छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिने छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार