रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १६:४३:३१
२ असार, रसुवा । वर्षायामको बाढी पहिराले पु-याउन सक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ ।
वर्षायाम सुरु भइसकेको र भारी वर्षासँगै ठाडो खोल्छाबाट बेजोडले झर्ने भल एवं नदीमा एक्कासि आउने बाढीको जोखिमले हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गराउन, खोज एवं उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायले आफ्ना अधिकृत एवं जवानलाई अभ्यास गराई पूर्वतयारीका साथ राखेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद् व्यवस्थापन समिति तथा सुरक्षा अङ्गमा केही उद्धार सामग्री मौज्दात रहेको, खोज उद्धारका लागि दक्ष जनशक्ति तयार भइसकेका कारण पर्नसक्ने विपद् प्रतिकार्यमा विगतभन्दा यस वर्ष केही सहज हुनेछ ।
वर्षायाममा हुनसक्ने विपत्तिलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो खोज उद्धार गरी ज्युज्यानको रक्षा गर्न नेपाली सेना विष्णुदल गणको संयोजनमा उक्त गणका अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा रसुवा प्रहरीका गरी ५५ सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको छ ।
विष्णुदल गणद्वारा गोसाइँकुण्ड गाउँपालिका–६ नागुङ गाउँ नजिक पहिरोस्थलमा गरिएको खोज उद्धारको नमूना अभ्यासले स्थानीय बासिन्दालाई समेत सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न गराउन मद्दत पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
रसुवामा तैनाथ नेपाली सेनाका गणहरूले विगतदेखि बाढी पहिरोको अलावा पवित्र तीर्थ गोसाइँकुण्ड जाँदा लेक लागेर गम्भीर अवस्थामा पुगेका यात्रुलाई समेत छिटो उद्धार गरी पुनः जीवन दिलाउने कार्यमा योगदान पु¥याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार