रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि आईपीओ निष्काशन गर्ने
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १७:७:१०
२ असार, रसुवा । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म शेयर निष्काशन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै शेयर निष्काशनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो ।
रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशतका दरले शेयर निष्काशन गर्ने तयारी गरेको थियो ।
कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निमाण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले शेयर निष्काशन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार