एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गर्दै
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १७:१४:२२
२ असार, काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारणसभा बस्दैछ । सभामा हिमालयन जनरल इन्स्योरेन्ससँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ । मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ ।
यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ छ ।
यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि बिहीबार नै विशेष साधारण सभा बस्दैछ । सभामा एभरेष्ट इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुनेछ । हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ । यी बीमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् ।
बीमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार