नेपालकै ठूलो र धेरै पुँजी भएको बैंक बनाउन ग्लोबल र बिओकेबीच मर्जर सम्झौता, मर्जरमा २१ वित्तीय संस्था गाभिने
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १८:११:२५
२ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकको बिगमर्जर नीति र असार मसान्तभित्र गाभ्ने गाभिने सम्झाैता सक्न गभर्नरले दिएको निर्देशन अनुसार नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच एउटै बैंक बनाउने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दुबै बैंकलाई एकआपसमा गाभेर देशकै ठूलो बैंक बनाउने गरी दुइपक्षबीच हस्ताक्षर भएको हो । मर्जरपछि यसको कुल पुँजी ५२ अर्ब रहने छ । यो नेपालमा भएका बैंकहरुमध्ये सबैभन्दा धेरै पुँजी हो । बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपछि बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड राख्ने सहमति भएको छ ।
यसको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहने सहमति पनि भएको छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकर रत्नराज बज्राचार्यलाई राख्ने सहमति भएको बताइएको छ ।
दुबै बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने अनुपात रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ बराबर १ को अनुपात रेसियो कायम गर्ने सहमति भएको जारी विज्ञप्तमा उल्लेख छ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जरपछि बैंकको कूल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कूल निक्षेप ३ सय ८४ अर्ब, कूल कर्जा ३ सय ८० अर्बसहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुने दावी गरिएको छ ।
दुवै बैंकले जेष्ठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।
दुवै बैंकहरु एकआपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवं सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गरेका छन् ।
समझदारी पत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको उनको भनाइ छ ।
उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा यो मर्जर सबै र सधैका लागि संस्मरणमा रहने बताए । उनले मर्ज एक प्रकृया भएको र मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताउँदै नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले गाभ्ने -गाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालहरु, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरु प्रति आभारसमेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार