गोरखामा पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १८:४७:१३
♦ अश्विन दानी
२ असार, गोरखा । धार्चे गाउँपालिका-६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्छिन् । गुरुङ अनमी हुन् । सधैँ उनी कार्यालय पुग्नेवित्तिकै सुरुमा हाजिर गर्छिन् । कोही बिरामी आएका छन् भने सेवा दिन्छिन् । आएका छैनन् भने नजिकै रहेको वडा कार्यालय पुगिहाल्छिन् । दिनहुँ वडा कार्यालय नपुगी उनलाई सुखै छैन । बिदाबाहेक अन्य दिन उनको वडा कार्यालय र स्वास्थ्य चौकी आउजाउ गर्दैमा दिन बित्छ ।
तर, वडा कार्यालय उनी कसैको उपचारका लागि जाने भने हैन । उनी त्यस वडाको निमित्त ‘वडा सचिव’ पनि हुन् । दरबन्दीअनुसारको कर्मचारी पदपुर्ती नहुँदा उनले वडा कार्यालयको वडा सचिव र अनमी दुबैको जिम्मेवारी समाल्नु परेको छ ।
‘स्वास्थ्य चौकीमा काम हुँदा यता आउँछु, वडा कार्यालयमा काम हुँदा उता जान्छु । दिनमा कति पटक यताउता आउजाउ गर्नुपर्छ गनिसाध्य छैन्’, उनले भनिन् ।
वडा कार्यालयमा कार्यालय सहायक चन्द्रबहादुर गुरुङले सेवाग्राहीहरूको आवश्यक सबै डकुमेन्ट हेर्ने र सबै प्रक्रिया पूरा गर्छन् । ‘कार्यालय सहायक हुनुहुन्छ, उहाँले आवश्यक सबै प्रक्रिया पूरा गर्नुहुन्छ, त्यसपछि मैले कागजातहरु हेरेर आधिकारिकता दिने, सिफारिस दिने लगायतका काम गर्छु’, उनले भनिन् ।
यही गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा पनि लाप्राक स्वास्थ्य चौकीको इन्चार्ज धनबहादुर गुरुङले वडा सचिवको अख्तियारी लिएर काम गरिरहेका छन् ।
‘पहिलेका सचिव सरुवा भएर गए, नयाँ आएका छैनन् । गाउँपालिकाले अख्तियारी दिएपछि मैले नै वडा सचिवको पनि काम गरिरहेको छु’, गुरुङले भने । उनी गत पुस २०७८देखि वडा सचिवको रुपमा काम गरिरहेका छन् ।
स्वास्थ्य चौकी ईन्चार्ज भएर पनि वडा सचिवको पनि जिम्मेवारी निभाइरहेकामध्ये अर्का हुन्- सपनाकुमार घिमिरे । उनी धार्चे(५ गुम्दा स्वास्थ्य चौकी इन्चार्ज हुन् । तर, विगत वर्ष दिनयता उनले पनि वडा सचिव अख्तियारी लिएर काम गरिरहेका छन् ।
‘नितान्त स्वास्थ्यका कर्मचारी भएर प्रशासनिक क्षेत्रको काम गर्दा जटिलता त छँदै छ । त्यो खालको अनुभव र तालिम पनि छैन । तर, पनि अन्त सोधेर काम गर्नुपर्छ’, घिमिरेले भने ।
धार्चे गाउँपालिकामा ७ वटा वडा छ । तर, यहाँ दरबन्दीअनुसारका दुई वडामा मात्रै वडासचिव छन् । अन्य वडामा भने स्वास्थ्यकै स्थायी कर्मचारीलाई वडासचिवको अख्तियारी दिएर कार्यसम्पादन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुल बहादुर आलेले बताए ।
‘दरबन्दीअनुसारको पदपूर्ति नहुँदा कार्यसम्पादनमा जटिलता र समस्या त छँदै छ । तर, पनि सेवाग्राहीको काम नरोकियोस्, सेवाग्राहीले दुस्ख नपाउन् भन्ने उद्देश्यले स्वास्थ्यकै कर्मचारीलाई अख्तियारी दिएर सेवा प्रदान गरिरहेका छौँ’, आलेले भने ।
गाउँपालिकाको तर्फबाट रिक्त कर्मचारीको पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग र संघको लोकसेवा आयोगसँग माग गरेको अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् ।
‘रिक्त दरबन्दीमा पदपूर्ति गर्नका लागि गाउँपालिकाको तर्फबाट हामीले प्रदेश सरकार र संघ सरकारसँग पहल गरिरहेका छौँ । तर, पदपुर्ती नहुँदाको समयमा पनि सेवाग्राहीहरुले समस्या नै भोग्नुपर्ने अवस्था हुँदैन । भएका कर्मचारीहरुलाई परिचालन गरि हामी सेवा दिन्छौँ’, अध्यक्ष गुरुङले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार