एक स्थानीय तह एक बीउ श्रोत केन्द्र’
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १९:४७:६
२ असार, कंचनपुर । ‘एक स्थानीय तह एक बीउ श्रोत केन्द्र’ स्थापना गर्ने कार्यक्रम अन्र्तगत कञ्चनपुरको पुर्नवास नगरपालिकामा मूल बीउ उत्पादन गरिने भएको छ । नगरपालिकामा क्षेत्रमा रहेको ७४ बिघा जग्गामा हिउँदमा तथा वर्षायाममा मूल बीउ उत्पादनको कार्य हुने छ । मूल बीउ उत्पादनका लागि प्रदेश सरकारले आब ०७९/०८९ को बजेटमा रु आठ करोड बजेट विनियोजन गरेको छ ।
आब ०७९/०८९ को बुधवार बक्तव्य जारी गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले कृषिको आधुनिकरण र उत्पादकत्वमा वृद्धि गर्नका लागि मूल बीउ उत्पादनमा जोड दिईएको बताएका छन् ।
धान चामलको आयात प्रतिस्थापन गर्न धान उत्पादन वृद्धि गर्नका लागि विशेष कार्यक्रम संचालन गरिने उनले उल्लेख गरे । ‘एक खेतमा तीन बाली उत्पादन वृद्धि गरौँ यसपाली’ भन्ने नारा साथ किसानको खेतीयोग्य जमिनमा वषौैँ भरी सिँचाइको सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्न कृषक समूह, सहकारी मार्फत प्रदेशमा एक हजार ६०० बोरिङ, ४०० कुलो र पोखरी निर्माण गरिने प्रदेशसभामा प्रस्तुत गरिएको बजेट बक्तव्यमा जनाइएको छ । सिँचाइ तथा कृषि यान्त्रीकरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तड, रामासोशन, बडिकेदार, वैद्यनाथ धाम क्षेत्रसँगै कञ्चनपुरको लालझाडी गाउँपालिकालाई राना थारु साँस्कृतिक पर्यटकीय गाउँका रुपमा विकास गरिने भएको छ । यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री रावलले बेलौरी कलुवापुर नाइल बुडर निर्माण गर्न, कुवापुर बेलौरी सडक निर्माण गर्न, महाकाली नदीमा जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन सर्भेक्षण तथा विकासका लागि बजेटको यथोचित व्यवस्था मिलाइएको बताएका छन् ।
सिकलसेल एनिमिया, हेमोफिलिया, एनिमिया, थालासेमियाजस्ता रोगको उपचारको लागि निःशुल्क परीक्षण र औषधि कैलालीको सेती, टीकापुर र कञ्चनपुरको महाकाली अस्पतालमा उपलव्ध गराउने व्यवस्था मिलाईएको बजेट बक्तव्यमा भनिएको छ ।
मिर्गौला पीडितका लागि महाकाली अस्पतालमा पाँँच शय्याको व्यवस्था मिलाइने छ बजेट वक्तव्यमा भनिएको छ । संघीय सरकार र स्थानीय तहसँगको साझेदारीमा बौद्धिक अपांगता भएका विद्यार्थीका लागि महाकाली मावि बेलौरीमा निर्माणाधिन सुविधायुक्त आवासीय विशेष विद्यालय भवनका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।
‘एक जिल्ला एक नमूना क्याम्पस’ कार्यक्रम अन्र्तगत महाकाली बहुमुखि क्याम्पस बेलौरीको नमूना क्याम्पसका रुपमा स्तरोन्नती गरिने भएको छ । बेदकोट अस्पताल भवन निर्माण गर्नका लागि रु ४८ करोड ८३ लाख बजेट विनियोजन गरएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा बहुउद्देश्यीय कभर्ड हल, निर्माण गरिने छ । कृष्णपुरको रैकवारमा प्रहरी चौकी भवन निर्माण गर्ने, पुर्नवासमा स्थापना गरिएका सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट (बिओपी) को भौतिक पूर्वाधार सुधार गरिने भएको छ । कंचनपुर मझगाँउ विमानस्थल विस्तार कार्यक्रमा आफनो लागत साझेदारी रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार