भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिए
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार १३:१८:२९
३ असार, रुकुमपूर्व । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन् ।
फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतिर लगेपछि यहाँका गाउँ सुनसान बनेका छन् । वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्रा र गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए ।
बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएका कारण उनीहरु आफूले पालेका वस्तुभाउसहित पाटन उक्लने गरेका हुन् ।
तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्म पाटन गएका गोठाला गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि उनीहरुका साथमा कुकुर रहने गर्छ । उनीहरु खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । “अहिले पाटन उक्लिएका सबै भेडी बथानसँगै दसैँमा बेसी झर्छन्”, उनले भने ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको स्थानीय सुवा बुढामगरले बताए । पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । हिमाली क्षेत्र भएकाले यहाँ बाह्रै महिना एकै ठाउँमा बसेर भेडापालन गर्न भने सकिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार