सेनालाई एसपीपी मान्य नभएकाले मेरो तहबाट अमेरिकामा कुनै सम्झौता हुँदैनः प्रधानसेनापति
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार १७:२५:४६
३ आसार, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम नेपाली सेनालाई मान्य नभएको बताउँदै आफ्नो अमेरिका भ्रमणका क्रममा यसबारे कुनैपनि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।
सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो । शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताए । बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको दावी गर्दै एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको उनले बताए ।
संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम रहेको बताउँदै उनले भने,‘एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नतामा छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ । अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन ।
सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र भने साँचो भएको प्रधानसेनापति शर्माले स्पष्ट पारे । ‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने ।
अमेरिकाको युटा राज्यबाट सहयोग सामग्री लिन सहज हुने भएकाले त्यसपछि पनि २ वटा चिठी लेखिएको उनले बताए । ’पछि २ चिठी पनि लेखिएको हो । अमेरिकी सरकारबाट युटा राज्यको एसपीपी सामग्री दिनका लागि दिन अमेरिकी सरकारले एसपीपीबाट दिने र सजिलो हुने भएपछि मानवीय सहयोग नेपालमा ल्याउन लेखिएको हो । नेपालको बर्खिलाप जाने भनेर र सैन्य गठबन्धनमा जाने भनेर होइन ।
सेना परराष्ट्र नीतिमा स्पष्ट भएको भन्दै शर्माले तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीको स्वीकृतिमा नै पत्र लेखेको बताए । तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो । तत्कालीन रुपमा एसपीपी सैन्य गठबन्धनमा थिएन । सन् २०१९ मा आईपीएसमा एसपीपी गएपछि हामीले असजिलो हुन्छ भनेर सरकारलाई रिभ्यू गर्न भनेका हौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार