प्रधानमन्त्री बोकेर सुदूरपश्चिम उडेको हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार २०:०:४१
३ असार, काठमाडौं । सुदूरपश्चिमका लागि उडेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।
प्रहरीका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा उडे लगत्तै इन्धन सकिएको सिंग्नल पाएपछि चालकले भैरहवामा अवतरण गराएका हुन् ।अहिले प्रधानमन्त्री देउवा सवार हेलिकोप्टर इन्धन भरेर गन्तव्यतिर लागेको छ ।
सुदूरपश्चिममा हुने एक कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियाे । इन्धन सकिएर गतब्यमा नपुग्ने भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको बताइएको छ ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गएका थिए ।विमानस्थल प्रहरी अधिकारीका अनुसार विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए ।
इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडिसकेको छ । सामान्यतया गन्तब्यसम्म पुग्नका लागि पर्याप्त इन्धन भरेर मात्रै उडान भर्ने गरिन्छ । तर, सुरुमा चेकजाँच नगरेकाले यस्तो भएपनि दुर्घटनाबाट भने बचेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार