एकल पुरुषको प्रश्नः हामी केटा मान्छे भएर जन्मिनु अपराध हो सरकार ?
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १२:५५:४९
♦अनुसा थापा / भक्तपुर
सरकारले जनतामाथि नै भेदभाव गरेको छ । पछिल्लो समय हरेक क्षेत्रमा पुरुषमाथि भेदभाव भइरहेको पाइन्छ । बिहे दर्ता भएपछि कथमकदाचित श्रीमान मर्नेबित्तिकै श्रीमतीले एकल महिला भत्ता पाउँछिन् । तर, श्रीमती मरेका पुरुषले एकल पुरुष भत्ता पाउँदैनन् । श्रीमती मरेपनि बालबच्चा त हुन्छ नै । अर्की श्रीमती ल्यायो भने आफ्नो छोराछोरीमाथि भेदभाव हुन्छ भनेर दोस्रो बिहे नै नगरी एक्लै बस्ने पुरुषहरु यत्तिकै छन् ।
यता, श्रीमती मरेकालाई छोरी दिनुहुन्न भन्ने विश्वास हाम्रो समाजमा छ । उता, उसको उमेर पनि ढल्किसकेको हुन्छ । बच्चा भएका पुरुषसँग कुनचाहि महिला नाता गाँस्न चाहन्छिन् र ? कतिपयले दोस्रो विवाह गरेपनि सुःख पाएका छन् । कान्छी ल्याउनेबित्तिकै जेठीका छोराछोरीलाई देख्न सक्दैनन् । विष खान दिएर मारेको तितो सत्य पनि हाम्रो समाजमा घटेको छ । कुटपिट गर्नु, खान नदिनु र शोषण गर्नु सानीआमाबाट प्रायःजसो बालबालिकाले भोगेको भोगाइ हो यो । त्यही भएर पनि अर्को विवाह गर्नु पुरुषका निम्ति पनि निकै कठिन छ ।
आफ्नो छोराछोरीलाई नराम्रो हुने डरले एक्लो जीवन बिताउने पुरुष पनि प्रशस्तै छन् । बच्चालाई खान लाउन दिनु, पढाउनु हरेक बाबुआमाको कर्तब्य हो । तर, श्रीमती मरेको हकमा बाबुले कमाएर ल्याओस् कि बालबच्चा हेरोस् । जता हेर्याे उतै दुविधा छ ।
श्रीमती गुमाएर एक्लो बसेका श्रीमान र उसको बालबच्चाले सरकारलाई प्रश्न गर्छन्ः के हामीचाँहि नेपाली नागरिक होइन् ? सरकारले किन हामीमाथि भेदभाव गरिरहेको छ ? श्रीमान मरेको महिलालाई महिनैपिच्छे भत्ता दिइन्छ । आमाले भत्ता ल्याएर भएपनि छोराछोरीको पेट त भरिरहेकी छिन् ।
महिलालाई केही भयो भने महिला अधिकारकर्मीहरु सबै सडकमा उत्रिन्छन् । हरेक सञ्चारमाध्यममा त्यो कुरा छ्याप्छ्याप्ती छापिन्छन् । महिला अधिकारकर्मीहरु आफू चर्चित हुनका लागि बुरुकबुरुक उफ्रिन्छन् । तर, पुरुषकाे दुःखचाहि किन कसैले देख्दैनन् ? खोइ आजसम्म कोही सडकमा आएको देखिदैन् ।
तर, बाउ मात्र भएका बालबच्चाले चाँहि पेटभरि खान पनि नपाउने ? कस्तो नियम हो यो ? हरेक नेपाली दिदीबहिनीको कोखबाट जन्मेको बालबच्चा नेपाली नागरिक नै हो नि । तर, सरकारले महिला र पुरूष बीच कानुन नै बनाएर काखा र पाखा गर्ने काम गरिरहेको छ ? श्रीमती मरेर एक्लै बसेको पुरुषले पनि राज्यलाई कर तिरेको छ । राजनीतिक दललाई भोट पनि दिएको छ । जसरी हुन्छ उसले आफ्नो कर्तव्य पूरा गरेको छ ।
एकल महिलाले पनि जनताले तिरेको करबाट भत्ता पाएको हो । एकल पुरुष होस् कि महिला दुवैको नागरिकता त नेपाली नै छ । तैपनि यत्रो भेदभाव किन ? सरकारले दुवैलाई समान व्यवहार गर्नुपर्छ । एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्नुपर्छ । संसारमा आमा गुमाउनु जति पीडा अरु कोही गुमाउनुमा सायदै होला । आमाले दिने मायाजति अरु कसैले पनि दिन सक्दैनन् । तर, आमा गुमाएका नाबालकले माया र स्याहारसुसार त गुमाइहाले । उनीहरुले आफ्नो हकअधिकार पनि गुमाएका छन् । सरकारले त्यो नाबालकमाथि खेलबाड गरेको छ । अब उनीहरुको भविष्य सरकारले नै सुनिश्चित गर्नुपर्छ ।
जनताबाट चुनिएर आएका पुरुष सांसदले यो विषय आजसम्म पनि सदनमा उठाएका छैनन् । यो विषय नकोट्याउँदा एकल पुरुषलाई धेरै धौं धौं भएको छ । उनीहरुको घाउमा मल्हम लगाउन कोही पनि अघि बढेका छैनन् । निकम्मा सांसद्हरुको कारणले एकल पुरुषले त दुःख पाइहाले । उता, उसको बालबच्चाको भविष्य पनि अन्धकारतिर दौडिरहेको छ । यसका लागि एउटा उदाहरण नै काफी छः पल्लो घरको एकल महिलाले मासिक भत्ता पाउँछिन् । उनले आफ्नो छोरीछोरी पढाएकी छिन् । खानलाउन दिएकी छिन् । तर, ओल्लो घरको एकल पुरुष हेरेको हेर्यै । न उसको छोराछोरी पढ्न जान्छन् न उसले पेटभरि खान नै दिन सकेको छ ।
एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्नुपर्छ । सञ्चारकर्मी राज्यको चौथो अंग हो । पिछडिएका र अन्यायमा परेका व्यक्तिहरुको आवाज हुन् सञ्चारकर्मी । त्यसैले यस विषयमा सञ्चारमाध्यमहरु अझ तातेर लाग्नुपर्ने देखिएको छ । उनीहरुले एकल पुरुषका लागि कलम चलाइदिनुपर्याे ।
एकल पुरुषले महिला सांसद्लाई सोध्छन्ः हाम्रो मतले आज तिमीहरु त्यहाँ पुगेको होइनौं । तैपनि हाम्रो आवाज किन सदनमा उठाइदैन् । हामीमाथि किन भेदभाव भइरहेको छ ? महिलालाई केही भयो भने महिला अधिकारकर्मीहरु सबै सडकमा उत्रिन्छन् । हरेक सञ्चारमाध्यममा त्यो कुरा छ्याप्छ्याप्ती छापिन्छन् । महिला अधिकारकर्मीहरु आफू चर्चित हुनका लागि बुरुकबुरुक उफ्रिन्छन् । तर, पुरुषकाे दुःखचाहि किन कसैले देख्दैनन् ? खोइ आजसम्म कोही सडकमा आएको देखिदैन् ।
पुरुष पनि पीडित हुन्छन् । उनीहरुलाई पनि रुन मन लाग्छ । आफ्नो पीडा कसैसँग बसेर पोखुजस्तो हुन्छ । तर, समाजले उनीहरुलाई बिलौना गर्ने हक दिएको छैन् । कतिपय घटनामा पुरुष सही हुँदाहुँदै पनि उसलाई फसाइएको हुन्छ । यसको विषयमा के बोल्ने ? सडकमा आएर को बुरुकबुरुक उफ्रिने ? न सञ्चारमाध्यमलाई चासो छ न अधिकारकर्मीलाई । भत्तामा पनि त्यही भयो । विदेशीबाट लिएको ऋण एकल पुरुषले पनि अरु झैं सराबरी नै बोकिरहेको छ ।
नेपालको संविधान उसमा पनि लागू भएको छ । मुलुककाे विकास गर्नुमा उसको पनि उत्ति नै योगदान छ । कर त उसले पनि तिरकै होला । भत्तामा किन भेदभाव अब सरकारले जवाफ दिनुपर्याे । कि एकल पुरुष नेपाली होइन् भनेर प्रमाणित गर र नागरिकता फिर्ता लेऊ । होइन् भने भत्ता देऊ । संविधानले त पुरुष र महिला बराबर हो भनेर उल्लेख गरेको छ । तर, पनि यो व्यवहारमा लागू भएको छैन् । होइन् भने भत्तामा भेदभाव गर भनेर संविधानको कुन बुँदामा लेखेको छ ? सरकारले सबैलाई प्रष्टाइ दिनुपप्यो । मुलुकमा यस्ता धेरै सांसद होलान् जसले एकल जीवन बिताइरहेका छन् ।
उनीहरुले त श्रीमती नहुनुको पीडा भोगिसकेका छन् । तापनि उनीहरुलाई यो कुरा उठाउन लाज लाग्छ । श्रीमती मरेकालाई पनि भत्ताको व्यवस्था गरिदिनपर्छ भनेर कसैको बोली नै फुट्दैन् । भेदभाव भयो, धनीहरुले शोषण गरे भनेर विभिन्न मितिमा आन्दोलन भयो । राजनीतिक परिवर्तन भयो, बहुदलीय व्यवस्था आयो । यसमा कहीकतै हात त एकल पुरुषको पनि होला । उसले पनि सहयोग गरेको थियो होला । अहिलेको युवा नेता र जल्दोबल्दो मेयर भनेका बालेन्द्र शाह हुन् । काठमाडाैं महानगरपालिकाका मेयर बालेनले पो यो निर्णय गरिदिन्छन् कि ? गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकांश युवा जनप्रतिनिधि चुनिएका छन् । हेरौ, कसले कस्तो निर्णय गर्दो रहेछन् ? आशा गरौं, कसैमाथि भेदभाव हुने निर्णय नहोस् ।
उनीहरुलाई जनप्रतिनिधि बनाउनमा एकल पुरुषको पनि ठूलो हात छ । उनीहरुको एकमतले महत्वपूर्ण भूमिका खेलेको छ । कतिपय केटा र केटी अहिले पनि विवाह नै नगरी बसेका छन् । उनीहरुले चाँहि कति वर्षमा भत्ता पाउने हुन् ? उनीहरुले पनि ६८ वर्ष नै कुर्नुपर्ने हो ? आर्थिक कमजोर भएका र एकल जीवन काटिरहेकालाई सरकारले दिने भत्ता अत्यन्तै महत्वपूर्ण छ । त्यसैले दिने भए सबैलाई दिऔं नभए बन्द गरौं । एउटालाई दिने र अर्कोलाई देखाउने प्रवृत्ति नगरौं । पीडा सबैको सराबरी हो । त्यसैले पनि यस्तो अन्याय नगर, सरकार । मानव भइसकेपछि सबैलाई भोक लाग्छ । खान सबैलाई पर्छ । बाउआमा एक रथका दुई पाङग्रा हुन् । एउटा पाङग्रा भएन् भने घरखर्च धान्न नै सकस पर्छ । यो कुरा किन सरकारले बुझ्दैन् ।
महिला सांसद्हरुले पनि यो कुरा बुझिदिनुपप्यो । आफूलाई नपर्दासम्म गुपचुप बस्ने अनि परेपछि खैलाबैला मच्चाउने यो कामको अन्त्य गरौं । अहिले भने कतिपय वडाध्यक्ष र जनप्रतिनिधिको चेत खुलेको छ । कसै–कसैले चाहि आफू लोकप्रिय हुनलाई एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका छन् । यसमा लोकप्रिय हुन्छु भनेर सोच्नुचाहि गलत हो । किन कि जनप्रतिनिधिले आफ्नो खल्तीको पैसा बाँडेका होइनन् । उनीहरुले नै तिरेको कर हो त्यो । अब सबै वडाले यो निर्णय गर्नुपर्छ । एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्नुपर्छ । सञ्चारकर्मी राज्यको चौथो अंग हो । पिछडिएका र अन्यायमा परेका व्यक्तिहरुको आवाज हुन् सञ्चारकर्मी । त्यसैले यस विषयमा सञ्चारमाध्यमहरु अझ तातेर लाग्नुपर्ने देखिएको छ । उनीहरुले एकल पुरुषका लागि कलम चलाइदिनुपर्याे ।
जोडसहित आवाज उठाइदिने हो भने सरकारले पक्कै पनि निर्णय गर्छ । यसले एकल पुरुषलाई थोरै भएपनि राहत हुन्छ । एकल महिला कति छन् भन्ने विवरण सरकारसँग छ । तर, एकल पुरुषको विवरण छैन् । अब सरकारले एकल पुरुषको तथ्याङक संकलन गर्नुपर्छ । विवाह नगर्ने कति छन् यसबारे पनि सबैलाई थाहा हुनुपर्छ । यसमा वडा, नगर, सम्बन्धित निकाय सबैको ध्यान जाओस् । एकल पुरुषको प्रश्नः हामी केटा मान्छे भएर जन्मिनु अपराध हो सरकार ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार