साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रममा हुवावेले सहकार्य गर्ने
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार २०:२८:२८
३ असार, काठमाडौं । साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमकाे सहकार्य हुवावेले गर्ने भएकाे छ । हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुने भएपछि कार्यक्रमकाे सहकार्य हुवावेले गर्ने जनाएकाे हाे ।
नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन ‘सिएसआरआई’, हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा असार २ गते बिहीबारका दिन यस संस्थाका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल ‘एनपीसर्ट’ का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीलाई औपचारिक भेटघाट तथा छलफल गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने भएकाे बताइएकाे छ ।
Multi-Stakeholder Discussion on Cyber Security Policy and Processes नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सह-आयोजक हुने हुवावेले जनाएकाे छ । छलफलमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सिएसआरआईको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेकाे हुवावेले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार