बीरगञ्जमा २ सय १३ जनाले गरे रक्तदान
आबिद हुसेन
असार ४, २०७९ आइतबार २:५४:७
४ असार, बीरगञ्ज । बीरगञ्ज शनिबार आयोजित तीन छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा २ सय १३ पोका रक्त संकलन भएको छ । क्रियाशील युवा पत्रकार मञ्च नेपालको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरे ।
मञ्चले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रिति त्रिपाठी, सुनिता पाण्डे, राकेश साह, आनन्द पटेल उपेन्द्र बरैई, दिपेश ठाकुर लगायतकाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए ।
कार्यक्रम संयोजक निलम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वडा प्रहरी कार्यलयका बिर्ताका प्रहरी निरिक्षक बिशाल मल्ल शिक्षाविद् डा. दिपक शाक्य, ओमप्रकाश सर्राफ, लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी आर।पि। फाउण्डेशनले बीरगंज वडा नम्बर १३ मा आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको वीरगंज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय सरावगीले उद्घाटन गरेका थिए ।
आर।पी फाउण्डेशनका अध्यक्ष प्रतीक्षा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष हिरालाल गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आनन्द उपाध्यायले गरेका थिए ।
यस्तै बीरगञ्जको विर्तामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
स्थानीय तह निर्वाचनको कारण पर्याप्त रक्दान कार्यक्रमहरु नभएपछि रक्त सञ्चार केन्द्रमा देखिएको रगत अभावलाई परिपूर्ति गर्न आफ्नो सामाजिक उत्तर दायित्वलाई निर्वाह गर्दै कार्यक्रम गरिएको प्याब्सन बीरगञ्जका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । कार्यक्रममा ६ जना महिलासहित ५१ जनाले रक्तदान गरेको उनले बताए ।
कार्यक्रममा बीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाका प्रमुख अरविन्द लाल कर्णले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार