आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १६:५७:२७
५ असार, काठमाडौं । आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (५ असार) अन्तिम दिन रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द आइतबार कार्यालय समयपछि हुनेछ ।
नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्काशन खुला हुन लागेको हो ।
यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार बिदा रहेकाले २३ जेठमा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्काशन तथा बिक्री बन्द हुने मिति छिटोमा ६ असार उल्लेख थियो । बिदा कटौतीसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्काशन बन्द हुन लागेको हो ।
१ असारदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा शेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकाले ५ असार बैंकिङ समयपछि सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ । कटौती गरेकाले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण शेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार