एचआईडिसिएलको लिलामी शेयरमा आजदेखि आवेदन दिन पाइने
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १७:९:२५
५ असार, काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ । १ देखि १५ फागुनसम्मको समयसीमा राखेर एचआईडिसिएलले लिलामीमा ल्याएको तीन करोड ३० लाख कित्ता संस्थापक शेयरको लिलामी प्रक्रिया १३ फागुन स्थगित भएको थियो ।
संस्थापक समूहको शेयर भए तापनि दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो । सोही आशयका समाचार सञ्चारमाध्यममा आएका थिए ।
संस्थापक समूहको शेयर कसरी साधारणसरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले ‘अहिले लिलामीमा ल्याएको शेयर कुन प्रकृतिको हो र यसको कारोबार दोस्रो बजारमा कसरी हुन्छ भन्ने कुरालाई स्पष्ट पारेर मात्रै लिलामी प्रक्रिया अघि बढाउनु, त्यतिन्जेलसम्मलाई स्थगित गर्नु’ भनेर एचआईडिसिएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मका लागि भन्दै लिलामी प्रक्रिया स्थगित गरेको थियो ।
कम्पनीको २२ वैशाख बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूहअन्तर्गत बिक्री नभएको तीन करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।
लगानीकर्ताले ५ देखि १९ असारसम्म कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौँडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार