स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’को ट्रेलर सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १८:४८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/ABHIYAAN-POSTAR-2-e1655623077686_hY6RbgOBaH.jpg)
३ असार, इटहरी । तामाङ ऎतिहासिक थाकथलो ‘किपट’ को कथामा निर्माण भएको नेपाली चलचित्र ‘अभियान’ को पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको छ । हिजो असार ३ गते इटहरीमा एक पत्रकार सम्मेलन गरेर सार्बजनिक गरिएको हो ।
पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिम सहित प्रदेश १ का कलाकर्मीको समेत उपस्थिति रहेको थियो । चलचित्रमा स्व।जयनन्द लामाको समेत प्रमुख भुमिका रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा लामाको सम्झनामा दियो बाल्दै मौन धारण गरिएको थियो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले ुअभियानु निर्माणका क्रममा ५५ लाख लगानी लागेको जानकारी गराए । कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन् । चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन । प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाडै नै सो मिति पनि घोषणा गर्ने लामाको भनाइ छ । हाललाई ट्रेलरमा चाडै प्रदर्शन हुँदैछ भनेर सार्बजनिक गरिएको हो । हेर्नुस् ट्रेलर यस्तो बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार