सांसद बस्नेतद्वारा रानीखोला पुल उद्घाटन
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २०:२:३७
५ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल आज उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज सो पुल उद्घाटन गरे ।
उनले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब छ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म रु ३३ करोड बजेटमा काम भइरहेको बताए । सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भक्तपुरको विकासले पाँच वर्षको अन्तरालमा निकै फड्को मारेको भन्दै नगरपालिकाले कुनै विभेद नगरी विकासको काम गर्ने बताए ।
त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापालगायतले विकासमा ऐक्यबद्धता जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । यो पुल संचालनमा आएसँगै पूर्वतर्फ गुण्डुबाट घ्याम्पेडाँडा, रानीकोट र पश्चिमतर्फ अनन्तलिङ्गेश्वर, दधिकोट, बिरुवा, सिरुटार जाने सहज हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार