बर्दिबासका जनप्रतिनिधिको चुनौती :रातु खोला दोहन नियन्त्रण
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २२:२३:३
५ असार, महोत्तरी । यहाँका जनप्रतिनिधिलाई रातु खोलाले खान्छ, बर्दिबासका जनप्रतिनिधि सफल वा असफल बन्ने रातु नदीमाथि निर्भर ।’ बर्दिबास–३ का भाष्कर दाहालले भने ।
बर्दिबास नगरपालिकाभित्र मुख्य मुद्दा बनेको रातु नदी दोहन हरेक जनप्रतिनिधिको सफलता र असफलताको मापन बन्ने गरेको छ । नदी आसपासका क्रसर उद्योगहरूको मनोमानीमाथि नियन्त्रण गर्न अघिल्लो स्थानीय सरकार मूकदर्शक बनेका कारण नवनिर्वाचित जनप्रतिनिधिमाथि चुनौतीका चाङ थोपरिएका छन् ।
दाहालले भने जस्तै लोकप्रियताका लागि अघिल्लो सरकारले योजनाहरू त बनायो तर कार्यान्वयनमा आउन सकेनन् । बर्दिबासका नवनिर्वाचित जनप्रतिनिधि तथा नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि पछिल्लो समय सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनमा कतिको दरिलो बन्नेछन् भन्ने मुख्य बिषय बनेको छ ।
नगरभित्र झन्डै २१ वटा क्रसर उद्योग छन् । पूर्वनगरप्रमुख विदुर कार्कीका अनुसार धेरैजसो क्रसर उधोग मापदण्डविपरित छन् । उद्योगहरू मापदण्ड विपरित भएको थाहा हुँदाहुँदै कार्कीले पाँच वर्षे कार्याकाल योजना र प्रतिबद्धता फिजाउँदै समाप्त गरे ।
अझ नवनिर्वाचित नगरप्रमुख क्षेत्रीको पृष्ठभूमि क्रसर व्यवसायी नै हो । यसैकारण पनि नगरप्रमुख क्षेत्रीको अग्निपरीक्षा सुरु भएको स्थानीयको अनुमान छ ।
हुन त नगरप्रमुख क्षेत्रीले यसअघि नै क्रसर र अवैध उत्खनन्लाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाइसकेका छन् । नगरभित्रका गलत प्रणालीलाई निमिट्यान्न बनाउन उनले ६ महिनाको समय मागेका छन् ।
अवैध उतखनन् कै कारण नगरभित्रका पशुपतिनगर, पाटु, किसाननगर जस्ता ठाउँ जोखिममा छन् । प्रत्येक वर्ष मापदण्डविपरित उतखनन् गरिएका वालुवा, ढुंगा, गिटीका कारण नागरिकले धनजनको क्षति ब्यहोर्दै आएका छन् ।
बाढीले बर्षौपिच्छे बिघौं जग्गालाई बगर बनाइरहेको आँखा अगाडि नै देखिँदा पनि जनप्रतिनिधिहरूको भूमिका शून्य देखिएको छ । यी सबै चुनौतीबीचमा नगरप्रमुख क्षेत्री अन्य जनप्रतिनिधिभन्दा फरक कसरी बन्न सक्छन् भन्ने अहिले आमनगरवासीको मुख्य चासो बनेको छ ।
यसैबीच नगरप्रमुख क्षेत्री बुधबार खोला अनुगमनमा गएका थिए । उनले पशुपतिनगर क्षेत्रमा उतखनन् कारण स्थानीयले भोगेको सास्तीबारे जानकारी लिए ।
नदी उतखनन् मात्र हैन प्राकृतिक सम्पदा दोहन र अतिक्रमण पनि नगरभित्रका मुख्य समस्या हुन् । खयरमाराभित्रका जंगलदेखि सामुदायिक संरक्षित जंगलहरू अहिले अतिक्रमणको चपेटामा छन् ।
अतिक्रमण नियन्त्रण गर्न नगरले ठोस निर्णय गर्न नसक्दा भू–माफियाहरूको चलखेल समेत त्यतिकै बढेको छ । बर्दिबासस्थित वडा नम्बर ३ मा त नदीको ड्यामसम्म पुगेर खेतिपाती गरेको समेत भेटिएको छ ।
यी सबै दृष्टान्तहरू जनप्रतिनिधिहरुलाई थाहा पनि छ । तर, थाहा नपाएजस्तो गर्नुले जनप्रतिनिधिमाथि गम्भीर प्रश्न बनेको छ । समुदाय मिलेर संरक्षण गरेको जंगल आँखै अगाडि अतिक्रमण हुँदा दुःख लाग्ने बताउँछन् बर्दिबास–३ पाटुका देवीप्रसाद घिमिरे ।
यी सबै समस्या र चुनौतीलाई नगरप्रमुख क्षेत्रीले कसरी सम्बोधन गर्लान भन्ने थाहा पाउन भने एक बर्ष अझै कुर्नुपर्ने स्थानीयको भनाइ छ । खोला दोहन तथा प्राकृतिक सम्पदाको दोहनमा बर्दिबासको चर्चा बेलाबेलामा राष्ट्रिय रुपमा नै हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार