आईजीपी नियुक्तिविरुद्धको रिटमा सकिएन बहस, फैसला नहुँदै एआईजी पोखरेल अवकाशमा जाने सम्भावना
नेपालबहस संवाददाता
असार ५, २०७९ सोमबार २:५७:२९
५ असार, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलाशमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि गत जेठ ३० गते पनि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । आइतबार रिटकर्ता पोखरेलका तर्फबाट दुई दर्जन कानुन व्यवसायीले बहस गरेका छन् ।
पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरेका थिए ।
बहस लम्बिदै जाँदा उनले दायर गरेको रिटको फैसला नआउँदै अवकाश पाएर घर जाने सम्भावन प्रवल बन्दै गएको छ । एआईजी पोखरेलले साउन २० गते अनिवार्य अवकाश पाउँदैछन् ।
आईजीपी सिंह, एआईजी विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्रसिंह धानुक २०४९ चैत १२ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । डीएसपी र एसपीसम्म उनीहरू सँगसँगै बढुवा भएका थिए ।
प्रहरी निरीक्षकदेखि एसपी हुँदासम्मको क्रमसंख्यामा पोखरेलभन्दा सिंह नै अगाडि थिए । प्रहरी निरीक्षक र डीएसपी हुँदा सिंह पहिलो नम्बरमा थिए भने एसपी हुँदा उत्तमराज सुवेदी पहिलो नम्बरमा र सिंह दोस्रोमा थिए । विश्वराज पोखरेल पाँचौं नम्बरमा थिए ।
एसएसपीमा बढुवा हुँदा भने पोखरेलले आफ्ना समकालीन सबैलाई उछिने । उनी एसएसपीको वरीयतामा नवौं स्थानमा थिए भने धीरजप्रताप सिंह १६ र उत्तम सुवेदी १७ औं स्थानमा थिए । त्यसपछि पनि अरूलाई पछाडि पारेर डीआईजी र एआईजीसम्म पोखरेललाई एक्लै अगाडि बढाइएको थियो ।
तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि एउटा डीआईजी पद रिक्त हुन पुगेको थियो । २०७६ वैशाखमा तत्कालीन केपी ओली सरकारले अगाडिको ब्याचका अधिकृतको पालोसमेत मिचेर नवौं वरियतामा रहेका पोखरेललाई एसएसपीबाट डीआईजीमा बढुवा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार