मन्दिरको जग्गा अतिक्रमण हुने क्रम बढ्याे
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १८:१९:५१
♦खड्क सुना
६ असार, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका(२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ ।
मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो ।
कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ । छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ ।
राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ ।
दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ । भू(माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नौ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए ।
मन्दिरको जग्गा पहिला नौ रोपनी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको उनले बताए ।
पहिलाको मन्दिर व्यवस्थापन समितिले जग्गा अतिक्रमित भए पनि कुनै पहल नगरेकामा अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार