दयाहाङ र सौगातको ‘२ नम्बरी’ फस्टलुक

नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २१:१३:९

६ असार, काठमाडौं । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ ।
फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा मिठु तामाङ्नी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म ४ कात्तिकबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार