नेप्से १९ महिना यताकै तल्लो बिन्दुमा
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १९:२५:१८
६ असार, काठमाडौं । शेयरबजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९ सय बिन्दुमुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो । शेयरबजारप्रति कठोर सरकारी नीतिका कारण बजार घटेको लगानीकर्ताहरु बताउँछन् ।
सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले शेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।
कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता शेयर २४ करोड ८६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।
यसअवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यसअवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको शेयर कारोबारमा आएको छ । एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।
तारागाउँ रेजिन्सी होटलको शेयरमूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ । आधिँखोला, सिंगटी हाइड्रोपावरको शेयरमूल्य पनि सामान्य बढेको छ । रिभर फल्स पावरको शेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ । तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार