सबै सूचक ऋणात्मक भएपछि शेयरबजार १९ सय अंकभन्दा तल ओर्लियो
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २२:२६:५८
६ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयरबजार घट्ने क्रमले निरन्तरता पाएको छ । सोमबार बजार परिसूचक नेप्से ४९.३१ अंकले गिरावट भएर १८८४.८१ अंकमा बन्द भएको छ । सोमबार शेयरबजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ ।
४९. ३१ अंक घटेर परिसूचक १८८४ मा कायम भएको हो । यो अंक १९ महिना यताकै न्यून हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडको भयो ।
सबै सूचकहरु ओरालो लागेका छन् । बैंकिङ २१, विकास बैंक १३५, फाइनान्स ४८, होटल तथा पर्यटन ५२, जलविद्युत ९३, जीवन बीमा २३४, उत्पादन ९१, लघुवित्त ११०, निर्जीवन बीमा २३९, अन्य ४९ र ब्यापार उपसमूह २२ अंक घटे । दुई कम्पनी आँधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो । तेह्रथुम पावरको मूल्य १० प्रतिशत घट्यो । कालिका पावर, रिभर फल्स पावरको मूल्य ९ प्रतिशत घट्यो । प्रभु बैंक (संस्थापक), नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नबिल बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।
०७७ मंसिरमा २०७३ को बुलिस मार्केटले कायम गरेको १८८१ अंक पार गरेको नेप्से पुनः सोही अंकको नजिक आएर बन्द भएको छ । आज दिनभर बजारमा १९५ कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको करोबार भएको छ ।
जसमध्ये प्रभु बैंकको संस्थापक शेयर सर्वाधिक ११ करोड ८३ लाखको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १० करोड ९२ लाख र हिमालयन डिस्टिलरीको ५ करोड ७४ लाखको कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये आँधिखोला लघुवित्तको शेयरमूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटेलको शेयरमूल्य १.४१ प्रतिशत र गोर्खाज फाइनान्सको शेयरमूल्य ०.१३ प्रतिशतले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार