गडहरे गुफाको ‘भूभौतिकी सर्भे’ गरियो
नेपालबहस संवाददाता
असार ७, २०७९ मंगलबार १८:३१:२२
७ असार, वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।
भिरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविदहरुको एघार जनाको समूहले सर्भे गरी प्रतिवेदन नगरपालिकालाई बुझाएको हो । पहिलो चरणमा गुफाको ‘भौगर्भिक सर्भे’ गरेपश्चात् गुफाभित्र ६७८ मिटरभन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाबारे अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गरिएको डा कविराज पौडेलले बताए ।
“जमिनबाट करेन्ट पठाएर गरिने सर्भे ‘भूभौतिकी सर्भे’ बाट गुफाभित्रको तीनवटा विषयको अध्ययन गरेका छौँ,” उनले भने “यो सर्भेले ६७८ मिटरभन्दा भित्र गुफा भएको, गुफा र जमिनको बीचमा अर्को ठूला वा सहायक गुफा नभएको र भुइँभन्दा तल अर्को सहायक गुफा नभएको पत्ता लागेको छ ।” गत भदौमा पहिलो चरणको ‘भौगर्भिक सर्भे’ पश्चात् गुफाको बाहिरी तथा भित्री भूबनोट, गुफाभित्रका विभिन्न आकृति, ढुङ्गा खस्न सक्ने जोखिम भए÷नभएको, गुफाको बाहिरी भित्री संरचनाका बारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो ।
दुवै चरणको अध्ययनपश्चात् गुफाभित्रको प्रत्येक १०÷१० मिटरको दूरीमा रहेका संरचनाहरु, चट्टानको प्रकारहरु, चट्टान खस्ने, जमिन भासिने जोखिम भए÷नभएको सम्पूर्ण अवस्थाबारे प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ । गुफाभित्र जमिन भासिने, चट्टान खस्नेजस्ता समस्याहरु नरहेको जनाइएको छ । गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएको अध्ययन टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको भिरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । गुफाको प्रचारप्रसारसँगसँगै पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा पहिचान दिने गरी योजनाहरु अगाडि बढाउने प्रमुख कर्माचार्यले जानकारी दिए ।
“भिरकोट नगरपालिकाको पहिचानका रुपमा रहेको गडहरे गुफाको विकास र प्रचारप्रसारमा ध्यान दिन्छौँ,” प्रमुख कर्माचार्यले भने, “यसका लागि नगरपालिका र यसका क्षेत्रमा काम गर्ने सम्बन्धित निकायहरुसँगको पहलमा बाँकी रहेका कार्यहरुलाई पूर्णता दिँदै जानेछौँ ।” गुफाभित्र र बाहिरको दुवै चरणको अध्ययनको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाका तर्फबाट कार्यान्वयनमा लगिने प्रमुख कर्माचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार