विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च, ५ वर्षमा १५ अर्बको निष्काशन
नेपालबहस संवाददाता
असार ७, २०७९ मंगलबार १८:५४:१
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्काशन गर्ने विकास ऋणपत्रको ब्याजदर हालसम्मकै उच्च भएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता तथा कर्जा लगानीयोग्य रकम अभावको असरले विकास ऋणपत्रको ब्याजदर पनि बढेको हो ।
आज मंगलबार पनि नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८४’ नामक ५ वर्ष अवधिको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्दै छ । सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरिदमा खासै चासो देखाएको देखिँदैन ।
अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिन सकिने छ । ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।
अनुत्पादक क्षेत्रमा विस्तार भएको उच्च लगानीका कारण बढेको वित्तीय क्षेत्रको तरलता अभावको समस्याले समग्र वित्तीय क्षेत्रको ब्याजदर बढाएको छ । बैंकहरूले कर्जा लगानी गर्नसक्ने अवस्थासमेत नभएपछि ऋणको माग कम गर्न नेपाल राष्ट्र बैंकले नीतिगत रूपमै ब्याजदर बढाएको छ ।
विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने भए पनि ब्याजदर ९ प्रतिशतभन्दा माथि पुगेको हो । यसभन्दा अघि २४ जेठमा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको १५ अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रमा ५१ अर्ब ३९ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । चार वर्षको अवधिमा परिपक्व हुने ऋणपत्रको कट अफ रेट ९।२० प्रतिशत कायम भएको छ । यो कट अफ रेट ०७० यताकै उच्च हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार