तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असार ८, २०७९ बुधबार १२:४८:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal-tomarry_9l60V6h8VL.jpg)
वि.सं.२०७९ साल असार ०८ गते । बुधबार । ईश्वी सन् २०२२ जुन २२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार कृष्णपक्ष । तिथि– नवमी, रातको १२ बजेर ५८ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराभाद्रपदा, बिहान १० बजेर ७ मिनेट उप्रान्त रेवती । योग–सौभाग्य, बिहान १० बजेर ४८ मिनेट उप्रान्त शोभन । करण–तैतिल, दिउसो ०१ बजेर १३ मिनेट उप्रान्त गर, रातको १२ बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३६ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- अग्रज तथा आफन्तसँग विवाद बढ्ने योग रहेको छ । हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैँया पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- घरायसी स्रोत साधनको प्रयोग गरि आर्थिक क्षेत्र सुधार गर्न सकिने छ । आफन्त तथा मित्रहरुको सहयोग पाईने हुनाले मन प्रशन्न रहने छ । राम्रो काम गरी समाजमा नाम कमाउन सकिने छ । सवारीसाधन लाभ हुने योग रहेको छ । अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिने छ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिने छ । साथिभाईहरुको सहयोग पाईने छ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्ने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- आजको समय राम्रो रहेकोले बुवा वा बुवा सरहका मानिसबाट बिशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा नजिक भई रमाउने समय रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्ने छ । पढाईलेखाई तथा खोजीमुलक क्षेत्रमा रुची बढ्ने छ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- समयको ख्याल नगर्दा वा साना तिना काममा भुल्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको मायाप्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाईलेखाईमा समय दिए पनि भनेजस्तो उपलब्धी हासिल नहुन सक्छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पती तथा बिलाशी वस्तुहरु जोड्न सकिने छ । लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पतिपत्नीबीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउने छ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । स्कुल,कलेज बैक तथा बित्तिय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा बिलाशी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानि हुनेछ भने नोकरीमा बढवा हुने योग रहेको छ । बंश बृद्धिको योगलाई नकार्न सकिदैन ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईने छ । व्यवसायबाट मनग्गे लाभ लिन सकिने छ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिने छ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहने छ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैँया पैसा कमाउन सकिने छ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिने छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिने छ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने छ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार