कोरियाको चर्चित सोजु नेपालमै उत्पादन, माग बढ्दो
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १७:१९:१३
८ असार, काठमाडौं । विश्वभरी चर्चा कमाईरहेको कोरियाको पेय पदार्थ सोजु नेपाली बजारमा सान सोजुकारुपमा उत्पादन भइरहेको छ । छोटै समयमा सान सोजुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । कोरियनस्तरका तथा सस्तो मुल्यमा बिक्रि वितरण भएकाले माग बढीरहेको उत्पादक कम्पनीले बताएको छ ।
कोरियमा राष्ट्रपतिदेखि आम उपभोक्ताहरुले सम्मानपूर्वक आत्मसाथ गरेको सोजु नेपालमा आफ्नै ब्राण्डका साथ स्थापित हुँदै गएको छ । विगतमा निकै महंगो मुल्यमा कोरियाबाट नेपाल ल्याएर उपभोक्ता माझ पुर्याउँदा ३ सय मिलिलिटरको सोजुको झण्डै एकहजार पर्ने गरेको तर हाल नेपालमै उत्पादन गर्दा त्यसको १ सय ७० मा मात्रै बिक्री वितरण भइरहेको बताएको छ ।
लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका नेपाली गैर आवसीय संघका अध्यक्ष विनोद कुँवरको लागनी र पहलमा बाँकेको कोहलपुरस्थित श्री न्यू एभरेष्ट डिष्टीलरी उद्योग प्रा.लि.ले सन् २०२१ बाट नेपालमै उत्पादन सुरु भएको छ । कोरियन प्रविधिबाट उत्पादन भइरहेको सान सोजुको काठमाडौंसहित देशका विभिन्न सहरमा माग बढ्न थालेको कम्पनीले बताएको छ ।
सान सोजुमा १७.२ प्रतिशत अल्कोहल मिसाईकोले त्यसको उपभोक गर्दा स्वास्थ्यलाई हानि नपुर्याउने तथा त्यसलाई पिउँदा निक्खर ‘नेट’ अर्थात पानी नमिसाई चिसो तापक्रममा राखेको उचित हुने विज्ञहरुले बताएका छन् । रोचक कुरा त के छ भने यस पेय पदार्थ पिउनको लागि त्यसको छुट्टै किसिमको गिलासको पनि व्यवस्था गरिएको छ, जुन गिलास भरी नेट पेय राख्ने र एक सुर्कामै पिउन पर्ने हुन्छ । जुन गिलास उपयुक्त ढाँचामा विदेशमा उत्पादन भइरहेको र छिट्टै नेपालमा आउन लागेको उत्पादकले बताएको छ ।
सान सोजुको वितरक ‘एनडी’ हिमालयन सान सोजु प्रा।लिका अनुसार सुरुमा एक हजार कार्टुनबाट उत्पादन सुरु गरेको सान सोजुको माग क्रमशः बढ्न थालेको छ । सोजु काठमाडौँ उपत्यकाका सबै बिग मार्ट स्टोरसहितका अन्य डिपार्टमेन्टल स्टोरमा पाइन्छ ।
बिग मार्ट र सेल्वेजले सुरुमा केही स्टोरमा मात्रै राखेको र माग बढ्न थालेपछि अहिले उपत्यकाका सबै स्टोरमा राखेको कम्पनीले जनाएको छ । दिनमा तीन हजार कर्टुन उत्पादन क्षमता भएपनि अहिले मागअनुसार मात्रै उत्पादन गर्ने गरेको कुँवेर बताए ।
सोजु हालसम्म काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, बेनी, जोमसोम, तुल्सीपुर, विरेन्द्रननगर, धनगढी, नवलपुर, नारायणगढ, सिमरा, चन्द्रनिगाहपुर, इर्टहरी, धरान, दमक, लगायतका सहरमा पनि पुगिसकेको छ ।
कम्पनीका अनुसार देशका सातै प्रदेशका दुर्गम जिल्लाहरूमा समेत सान सोजुको विक्री परम्भ भैसकेको छ । विशेषगरी नेपालमा रहेका कोरियन नागरिक, कोरियाबाट फर्केका नेपाली, मुख्य ग्राहक हुन भने चर्चित ब्राण्ड भएकोले अन्य नेपालीहरुले पनि सोजु पिउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार