बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १८:४६:४८
८ असार, बागलुङ । सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्र्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ५० लाख बजेट छुट्ट्याएको छ ।
सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आउँदो आवका लागि सो बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । उक्त सुरुङ मार्गको प्राररम्भिक अध्ययन गरिने चर्चा बेलाबेला चल्ने गरे पनि सरकारले पहिलो पटक बजेटको प्रबन्ध गरेको हो । शिक्षामन्त्री एवं बागलुङ–२ का संघीय सासंद देवेन्द्र पौडेलले रातो किताबमा समावेश भएर आएकाले सम्भाव्यता अध्ययनको योजना छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।
राष्ट्रिय योजना आयोग र मन्त्रालयका पदाधिकारीसँग भेटेर सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन गर्न आफूले पहल लिएको मन्त्री पौडेलको भनाइ छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा घण्टौँको यात्रा केही मिनेटमै छोटिने गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बताए । “यसअघि एकपटक परामर्शदाता कम्पनीका प्रतिनिधि आएर स्थलगत अवलोकन पनि गरेका थिए, छोटो दूरी पर्ने र उपयुक्त भूगोल छानेर अध्ययनको काम अघि बढाउने कुरा भएको हो”, उनले भने, “अहिले बजेट नै विनियोजन भएकाले सम्भाव्यता अध्ययनको काम अघि बढ्ला भन्ने आशा गरौँ ।”
उक्त सुरुङ मार्ग बनेमा यातायातसँगै यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्ने देखिएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माणको योजनालाई अघि बढाएको छ । कुनै सुरुङमार्गको निर्माणकार्य सुरु भइसकेको छ, भने कुनै अध्ययनको चरणमा छन् । आउँदो आवमा २४ योजनाका लागि मन्त्रालयले रु एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको छ । त्यसमध्ये गण्डकी प्रदेशको राजधानी पोखराको हेम्जादेखि नयाँ पुल जोड्ने सुरुङमार्ग पनि छ ।
उक्त योजनाका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमै पर्ने उक्त सुरुङमार्ग निर्माण भएमा अहिलेको डेढ घण्टाको दूरी १५ मिनेटमा छोटिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार