तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्दै
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार २१:१०:२६
८ असार, खलंगा । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए । उनले भने, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।”
अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिपरेको अध्यक्ष चौलागाईले जानकारी दिए ।
अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । निःशुल्क रुपा दिइएको जग्गा पालिकाका नाममा पाससमेत भएर आइसकेको छ । अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बीस लाख लगानीमा डिपिआर तयार भएको छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा हतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका ३ जना पक्राउ, ५ अझै फरार
असार २३, २०८१ आइतबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
असार २४, २०८१ सोमबार
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
असार २४, २०८१ सोमबार