मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध
नेपालबहस संवाददाता
असार ८, २०७९ बिहिबार ३:२३:१०
८ असार, काठमाडौं । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगीतामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् ।
प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगीताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार