सर्ट फिल्म कम्पिटिसनमा थर्ड उत्कृष्ट
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १६:५४:५३
९ असार, काठमाडौं । दुई दर्जन नेपाली लघू चलचित्र बीचको प्रतिस्प्र्धामा सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड आसुतोष प्रोडक्सनको फिल्म थर्ड आईले जितेको छ ।
काठमाडौंमा स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको लघू चलचित्रको प्रतिस्पर्धा मुलक कार्यक्रममा ‘तेश्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा थर्ड आई उत्कृष्ट भएको हो । काठमाडौंमा सम्पन्न यो प्रतियोगिता विभिन्न १३ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।
प्रतिस्पर्धामा थर्ड आईले अन्य तीन वटा अवार्ड पनि जितेको छ । जसमा थर्ड आईबाटै सोसियल फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड आशुतोष अधिकारीले प्राप्त गरेका छन् भने अभिनेत्री तर्फ जुरीको अवार्ड थर्ड आईबाट अभिनेत्री कमला अधिकारीले प्राप्त गरिन । यही फिल्मबाट केडी प्रसितले सह अभिनेताको अवार्ड हाँसिल गरे ।
सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अबसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बाँस्तोलाले चुमेका छन् । अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हाँसिल गरिन् ।
यस्तै सो प्रतिस्पर्धामा फिल्म दानबबाट मोहम्मद रफी शाहले दानबबाट निर्देशन तर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गरे । उत्कृष्ट छायाँकारको फिल्म कलेज लाईफबाट मनोज चौधरीले पाए ।
उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् । यस्तै नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरे । यस्तै नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते ।
नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा चलचित्र निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा यो अवार्ड सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार