मर्डोक र जेरी सम्बन्धबिच्छेदको तयारीमा
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १७:५४:२०
९ असार, एजेन्सी । मिडिया मुगल रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका छन् । यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्ध बिच्छेदको तयारी भएको जनाएको हो । मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । मर्डोकको यो चौथो पटक सम्बन्ध बिच्छेद हो ।
विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको उनले बताएका थिए । फक्स कर्पका अध्यक्ष ९१ वर्षीय मर्डोक र ६५ वर्षी जेरी पत्रिकामा बारम्बार चर्चामा थिए । सम्बन्धबिच्छेदले मर्डोकको स्वामित्वमा रहेको व्यवसायहरूको स्वामित्व संरचना परिवर्तन नगर्ने जनाइएको छ ।
मर्डोकसँगको विवाहमा जेरीले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् । सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । द क्वाइट वनको ट्रिबेका फेस्टिभल प्रिमियर र भ्यानिटी फेयर्स ओस्कारमा उनीहरू सँगै देखिएका थिए ।
सन् २०२१ मा रूपर्ट र जेरीले आफ्नो ९०औं जन्मदिन न्यूयोर्क शहरमा एउटा पार्टीमा मनाएका थिए । फोब्र्सका अनुसार मेडिया टाइकुन मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार