लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीलाई १० हजार जरिवाना
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १८:५३:३१
९ असार, काठमाडौं । बीमा समितिले समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरी कम्पनीहरूमाथि कारबाही गर्न सुरु गरेको छ ।
यसअघि पनि नियमितविपरीत काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई समितिले कारबाही गर्दै आएको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा राख्न र आगामी दिनमा थप गल्ती नगरुन् भन्ने सन्देश प्रवाह गर्न कारबाही गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने सम्पूर्ण बीमा कम्पनीहरूलाई दश हजारका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको हो ।
बीमा समितिले बिहीबार प्रकाशित गरेको वक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी–जानी उल्लंघन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ‘१’ बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार