जब थुनामा रहेको कुकरले मालिक भेट्यो
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार २०:३१:५
♦ खड्क सुनार
९ असार, मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियो ।
मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुको थुनामा राखिएको थियो । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । तर डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो ।
कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।
कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुम कार्मारोङ गाउँपालिका-१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए । डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएको तर पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार