पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला, निष्कृय पार्न सेनाको टोली पुग्दै
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १३:५२:२२
१० असार, काठमाडौं । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।
आज शुक्रबार बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ ।
घर अगाडि शंकास्पद वस्तु भेटिएपछि सामाजिक सञ्जालमा तस्विर राख्दै उनले लेखेका छन्,‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’
घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई कार्कीले आफै खबर गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार