कांग्रेसबाटै कमिसनको आरोप र दवाव आएपछि तेलको मूल्य घटाउने तयारीमा मन्त्री बडू
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १५:५९:२०
१० असार, काठमाडौं । नेपाली कांग्रेसको दवावमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने तयारी गरेका छन् । उनले नेपाल आयल निगमका कार्यकारी निर्देशन उमेश थानीलाई दुइदिनभित्र सञ्चालक समितिसँग छलफल गरी मूल्य घटाउन निर्देशन दिएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको अनुपातमा नघटाइएको र मूल्य बढाउदा कमिसन लिएको भनेर आलोचना भइरहंदा बडूले मूल्यमा अधिकतम कटौती गर्न निगमलाई निर्देशन दिएका छन् । तर, कति घटाउने भन्ने एकिन भएको छैन् । सम्भवतः शुक्रबार साँझ निगमले नयाँ मूल्यसूचि निकाल्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् ।
बिहीबार विहान कांग्रेस नेताहरुले बडूलाई तत्काल इन्धनको मूल्य घटाउने उपाय गर्न सुझाव दिएका थिए । मन्त्री बडूले पार्टीको दवावपछि करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने मनस्थिति बनाएका हुन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको दवावमा उनले अन्य विकल्पहरु खोजेर मूल्य समायोजन गर्ने पार्टीलाई जानकारी गरएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि यो विषयमा प्रतिनिधिसभा सदस्यले ध्यानाकर्षण गराएपछि उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउने प्रयासमा आफु रहेको र यहि अनुसार आयल निगमलाई निर्देशन दिएको बताएका थिए ।
आयल निकम कर्मचारीका अनुसार ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा पार्टीले पनि ध्यानाकर्षण गराएको छ । मूल्यको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ । कर समायोजन गरेर भए पनि मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेको छ । त्यसको सन्दर्भमा निगमले तयारी गरिरहेको छ ।’
मन्त्री बडूले यसबाहेक विद्युतको खपत बढाउने अर्को विकल्पका विषयमा नेपाल विद्युत प्रधिकरणका अधिकारीसँग पनि छलफल गर्दैछन् । शुक्रबार प्रधिकरणका अधिकारीहरसँग यस विषयमा छलफल हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार