सुन आयातमै बाहिरियो साढे २८ अर्ब, कहाँबाट आउँछ नेपालमा सुन ?
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १७:२०:१८
१० असार, काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो ।
तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।
पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपाल भित्रिएकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो । बितेको एघार महिनामा नेपालले तीन देश– युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको छ ।
नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।
सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार