ताराखोलालाई ३६ करोड ६६ लाख बजेट
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १९:८:९
१० असार, गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले संघीय सरकारबाट शसर्त अनुदानमार्फत प्राप्त गरेको रु १६ करोड ५४ लाख, वित्तीय समानीकरण अनुदान रु सात करोड ९९ लाख र राजस्व बाँडफाँट बाट रु छ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रु ७९ लाख ६४ हजार, राजश्व बाँडफाँट रु ३८ लाख नौ हजार, संघीय सरकार विशेष अनुदानबापत रु एक करोड २० लाख, संघीय सरकार समपूरक अनुदान रु ७० लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान रु ४० लाख र चालु आर्थिक वर्षको रु ८२ लाख ९३ हजार मौज्दात र आगामी आर्थिक वर्षको आन्तरिक आम्दानी रु ५० संकलन हुने गरी गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले चालु खर्चतर्फ रु छ करोड सात लाख, पुँजीगत खर्चतर्फ रु १४ करोड रु ६३ लाख २९ हजार, सशर्त अनुदानसहित चालु खर्च रु २२ करोड तीन लाख ६३ हजार विनियोजन भएको छ । पालिकाले कृषि विकासतर्फ रु एक करोड ५६ लाख २५ हजार, पशु विकासतर्फ रु एक करोड १९ लाख ६०द हजार, सामाजिक विकासको शिक्षातर्फ रु एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफार्यमा रु। ९६ लाख, पूर्वाधार विकासमा रु पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र छ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ ।
भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि रु एक करोड ४० लाख, सादी हिल गाउँ पँधेराखोला, बराहखोला सडक स्तरोन्नतिका लागि रु ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतिका लागि रु ६० विनियोजन भएको छ । यस्तै पालिकाले कृषिउपजको बजारीकरण, जनयुद्ध घाइते तथा शहीद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ ।
बागलुङको ताराखोलाले सशस्त्र द्वन्द्वकालका शहीद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा युद्ध स्तम्भ बनाउने भएको छ । जनयुद्ध दिवसमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए ।
बजेटमा जनयुद्ध दिवश, शहीद सप्ताह कार्यक्रम संचालनलगायतमा व्यवस्था भएको हो । यसका लागि २४ लाख बजेट विनियोजन भएको छ । जनयद्धमा ताराखोलाका २३ शहीद भएका थिए भने दुई जना बेपत्ता र दर्जनौँ घाइते छन् । अध्यक्ष विकसमेत जनयुद्धका घाइते हुन् । उनको शरीरमा समेत गोलीका छर्रा अझै बाँकी छन् । गाउँपालिकाले आफ्नो सभाहलमा शहीदको तस्बिर सजाएर राखेको छ । शहीद सप्ताहमा उनीहरुको परिवार सम्मान गर्ने, शहीदका छोराछोरीलाई छात्रवृत्ति दिनेलगायतको काम गर्दै आएको छ ।
श्रमदान गरेर बनाइएको सडकलाई स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश र संघीय सरकारको अनुदानसमेत जुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । तत्काल स्तरोन्नति गरेर बर्सातमा पनि नियमित सवारी चलाउन बजेटमा रु २० लाख विनियोजन गरिएको हो । गाउँपालिकाले शहीदपार्क निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । ताराखोलाले वडा नंं २ को ओसमरको गयार भन्ने स्थानमा उद्यानको तयारी छ । उद्यानसँगै २३ शहीदको अर्धकदको मूर्तिसमेत बनाइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
सरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार