समान्था बनिन् भारतकै लोकप्रिय अभिनेत्री
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २१:३५:१५
१० असार, मुम्बई । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।
ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् । समान्थापछि आलिया भट्ट, नयनतारा, दीपिका पादुकोण, काजल अग्रवाल, कीर्ति सुरेश, कैटरिना कैफ, रश्मिका मन्दाना, पूजा हेगडे र अनुष्का शेट्टी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।
यो सर्वेको जानकारी भाइरल भयानीले इन्स्टाग्राममा राखेर दिएको छ । ‘मानिसले सोधे कि कोरोना पछि के परिवर्तन भयो रु अब यसको एक ताजा उदाहरण यहाँ छ । समान्था रुथ प्रभु पूरा भारतमा नम्बर एक अभिनेत्री बनेकी छन् । उनले दीपिका पादुकोण र आलिया भट्टलाई पनि पछि पारेकी छन् । यो सर्वे ओरमेक्सले गरेको हो’, भाइरल भयानीले लेखेको छ । समानथले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार