तपाईको साप्ताहिक राशीफल [ असार १२ गते आइतबारदेखी असार १८ गते शनिबारसम्म ]
ज्योतिषी: गणेश काफ्ले
असार १२, २०७९ आइतबार १३:२१:३२
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- साताको समय उत्तम रहेकोले अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिने छ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाडी बढ्न सकिने छ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पती पाउने योग रहेको छ, भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिने छ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ । साथिसंगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । पढाईलेखाईमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- साताको सुरु र अन्तको समय मध्यम रहेकोले पहिलेका कमि कमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनै नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्नेलेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिने छ । व्यापार व्यवसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिने छ । मंगलबार, बुधबार र शनिबारको समय उत्तम रहेकोले आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेको छ, भने शेयरबजार तथा सट्टाको व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिने छ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जाने छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- साताको सुरु र अन्तको समय उत्तम रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेको छ । दाजुभाईहरुसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । छोटो दुरिको व्यवसायिक यात्राको तय गर्न सकिने छ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ, भने दाम्पत्य जीवन शुखी रहने छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछिनै परिने छ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउने छ, भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेको छ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिने छ भने गन्तव्य पहिल्याउदै अगाडी बढ्न सकिने छ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउने छ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछिनै परिने छ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउने छ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउने छ । कृषि तथा पशुपालन व्यवसाय भने व्यवसाय फस्टाएर जानेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- साता उत्तम रहेकोले रमाईलो शाहसिलो काम गर्ने जोस जागर आउने छ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईको नाम अग्र स्थानमा आउने छ । पढाईलेखाईमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिने छ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईने छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाठो कसिलो भएर जानेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्ने छ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेको छ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ ।
कन्या ‘टो,पा,पी,पु,ष,ण,ठ,पे,पो’:- बुधबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्य हरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिने छन् । व्यापार व्यवसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुने छ । मायाप्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । बिहीबारबाट समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिने छ । व्यापारमा वढोत्तरीको योग रहेको छ, भने नयाँ व्यवसाय सुरु गर्न सकिने छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिने छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्ने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथिको सहयोग हर क्षेत्रमा रहने योग रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आत्मिय मित्र तथा सहयोगीको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानि तथा औषधीसँग सम्बन्धीत व्यवसायबाट प्रशस्त लाभ लिन सकिने छ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारीसाधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिने छ । बिहीबारबाट आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहने छ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । मायाप्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविस्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- साताको समय उत्तम रहेकोले गितसंगितमा विषेश रुचि बढ्ने छ, भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृड हुनुको साथै मायाप्रेमको गाठो गसिलो भएर जानेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- साताको सुरु र अन्तको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरेपनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउने छ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउदा कामहरु थाती रहनेछन् । पढाईलेखाई अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ । मंगलबार,बुधबार र शनिबारको समय उत्तम रहेकोले आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिने छ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।
कुम्भ’गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पतिपत्नीका साथ रमाईलो व्यवसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारीसाधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ । पढाईलेखाईमा अरुभन्दा अगाडी तपाईको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजभुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुशीयाली छाउने छ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिने छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउदा कामहरु थाती रहनेछन् ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- साताको सुरु र अन्तको समय राम्रो रहेकोले वादविवाद तथा प्रतिस्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्ने छ । मावली पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । मंगलबारबाट शुक्रबारसम्मको समय मध्यम रहेकोले बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्ने छ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने अधिक सम्भावना रहेको छ । व्यवसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।
तपाईको साता दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै किसान
मंसिर १२, २०८१ बुधबार